भारतबाट मात्र नभै अन्य तेस्रो मुलुकबाट पनि तरकारी आयात (प्रत्यक्ष असर उपभोक्तामा)

म भर्खरै बजारबाट तरकारी किनेर आउँदै गर्दा चितवनका किसानले तरकारी नबिकेर बाटोमा फालेको दृश्यलाई धेरैबेर हेर्न सकिन । जुन काउली मैले काठमाण्डौमा ८० रुपैँया किलो खुद्रा मूल्यमा किनेर बोकिरहेको थिएँ, त्यहि काउली चितवनका बाटामा छरपष्ट देख्दा मलाई लागेको नरमाइलोलाई सायद तपाइँ सबैले महसुस गर्न सक्नुहुन्छ । दैनिकजसो भारतीय तरकारी बोकेका गाडिहरु हजारौँको संख्यामा नेपाल प्रवेश गरी नेपालका लगभग सम्पुर्ण सहरमा विहान सबेरै पुगिसक्छन ।
नेपालमा लोकल भनिने तरकारी र भारतलगायत अन्य देशहरुबाट आयातित तरकारीको मूल्यको निर्धारण आयातकर्ताले नै गरेका हुन्छन् । भारतीय तरकारीको मूल्य व्यापारीलाई २/३ दिन पहिले नै थाहा भइसकेको हुन्छ । २ दिन अगाडि नै लोड भैसकेको गाडिमा के कति परिणाममा र कति मुल्यमा नेपालमा आईपुग्छ भन्ने अग्रिम जानकारी व्यापारीसंग हुन्नछ जसले गर्दा स्थानिय उत्पादनले बजार भाउ पाउन सकिरहेका छैनन् । नेपालमा भारतबाट मात्र नभै अन्य तेस्रो मुलुकबाट पनि तरकारी आयात हुने गरेको छ । स्थानिय उत्पादनले कति माग धान्न सक्छ, त्यसको पहिला पहिचान नगरी तरकारी आयात गर्दा स्थानीय उत्पादनले उचित मुल्य पाउन सकिरहेका छैनन् । अतः नेपाली बजारमा उत्पादन धेरै भएता पनि आयातकर्ताहरुले विदेशमा उत्पादित तरकारीमा पहिल्यै लगानी गरिसकेकाले नेपाली तरकारी सस्तोमा पाए किन्ने नत्र आयातित तरकारीलाई आफुखुशी बेच्ने गरेको पाईएको छ ।
नेपाली किसानले उत्पादन गरेको तरकारीको मूल्यमा २ देखि ३ गुणासम्म बिचौलियाको हातमा हुन्छ जसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने गरेको छ । बिचौलिया कहिल्यै घाटामा नजाने र नेपाली किसान कहिल्यै माथि उठ्न नसक्ने अवस्था रहेको छ । किसान पछिका बिचौलिया धेरै भएकाले पनि अन्तिम मूल्य सधैँ धेरै हुने गरेको छ जसले गर्दा १० रुपैँयामा किनेको तरकारी बजार सम्म पुग्दा ४० देखि ५० मा उपभोक्ताले किन्नु पर्ने बाध्यता रहेको छ । कृषि उपजमा सरकारले तदारुकता नदेखाउँदा नेपाली किसान बर्षौँ देखि मार खेपिरहेका छन् ।
ठुला व्यापारिको कारणले नेपालको कृषि क्षेत्र थला पर्ने अवस्थामा पुगेको छ । भारतीय तरकारीमा विषाधिको मात्रा पनि अत्याधिक हुने गरेको छ । तरकारीको बिषाधि परिक्षण पनि नेपाल सरकारले पूर्ण रुपमा कडाई गर्न सकेको छैन । त्यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा पर्ने गरेको छ । जसले गर्दा नेपालीको स्वास्थ्यमा गम्भीर दिर्घकालीन असर देखिँदै छ । आयातित तरकारीको कारणले मात्रै बार्षिक अरबौँ नेपाली पैसा भारत गईरहेको छ । अर्थतन्त्र र स्वास्थ्यमा गम्भीर असर परेको कुरा जानकारी हुँदा हुँदै पनि सरोकार राख्ने निकाएहरुको सक्रियता पर्याप्त देखिँदैन ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस