गाईपालन गरेर गुजारा चलाउनेलाई दैनिकी चलाउनै गाह्रो

तातोखबर, मकवानपुर / मकवानपुर जिल्ला भित्रका गाईपालक किसानका लागि गाई पालन टाउको दुखाईको बिषय बनेको छ । पहिलेको तुलनामा सस्तोमा दूध बिक्री गर्नुपर्दा नाफा धेरै किसान घटेकाले चिन्तित बनेका छन् । जिल्ला भित्र रहेको डेरीलाई बिक्री गर्दा समयमा नै भुक्तानी नपाउने र निजी क्षेत्रबाट बिक्री गर्ने सञ्चालकहरुलाई बिक्री गर्दा सस्तोमा दिनुपर्ने भएकाले किसानहरु चिन्तित छन् ।

करिब चार महिना देखिको दूधको भुक्तानी रोकिएर केहि दूध हेटौंडा दूग्ध बितरण आयोजनालाई, केही दूध निजी क्षेत्रका डेरीलाई बिक्री गर्ने र अरु बाँकी रहेको दूध हेटौंडा बजारमा खुल्ला रुपमा दूध बेच्ने पसलमा सस्तोमा बिक्री गर्न बाध्य किसानले सोचेजति मिहेनतको मुल्य पाउन सकेका छैनन् । जिल्लाका दूग्ध सहकारीले दूधको मुल्य घटाइएर खरिद गर्दा किसान झनै चिन्तित बनेका छन् । दुधको मुल्य नघटाए मिल्क होलिडे हुनसक्ने भएर किसान सस्तैमा भएपनि दूध बेच्न बाध्य रहेको एक किसानले बताए ।
जिल्लामा पछिल्लो समयमा मकवानपुर जिल्लामा गाईपालन गरेर गुजारा चलाउनेको दैनिकी चलाउनै गाह्रो परेको किसानहरुको गुनासो छ ।

Advertisement:

बजारमा आयातित दूग्धजन्य पदार्थको खपतलाई पूणर्रुपमा निषेध नगरेसम्म नेपालमा उत्पादित दूध सधैँ खेरगैरहने एक दूग्ध व्यवसायिले बताए । उनले भने “बजारमा तराईको दूध भनेर तराईसँग सिमा जोडिएको भारतका गाउँबाट नेपालमा सजिलै सस्तो दूध भित्रिरहेको छ । पहिले त्यसलाई निषेध गर्नुपर्‍र्यो, चिज, मिठाईजन्य बस्तुहरु पनि सजिलै पाईन्छ त्यसलाई निषेध गर्नुपर्‍र्यो बल्ल नेपालमा उत्पाधित दूधले बजार पाउँछ ।”

घाँस,पराल,भुसा तथा दानको मूल्य नघट्ने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाबाट यूवाहरु विदेश पलाएन हुन थालेका छन् । यस्तै भैरहेमा गाईपालनबाट राम्रो आम्दानी लिन नसक्ने र गाई पाल्न मुस्किल हुने किसानहरुले गुनासो गरेका छन् ।

धेरै दुःख र मेहनत गरेर उत्पादन गरेको दूध सस्तोमा बेच्नु परेकाले लागत रकम डुब्ने खतराले किसानहरु गाई सस्तैमा भएपनि बेच्न चाहिरहेका छन् ।
जिल्लामा रहेका डेरीहरुले दूध नकिनिदिएपछि। को बजारीकरणमा समस्या भएपछि अब किसानले गाईवस्तु पालन गर्न नसक्ने भएका छन् ।

सरकारले व्यावसायिक गाई पाल्ने किसनलाई दूध, दाना र घाँस ढुवानीमा अनुदान दिनुपर्ने व्यवसायीहरुको छ। बागमती प्रदेश सरकारले प्रतिलिटर दूधमा दिदै आएको अनुदान अझै बढाउनुपर्ने किसानको माग छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application