बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्ने

२० माघ, काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार (माघ २२ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ ।
लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको छ । जारी पुँजीको ०।५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । माग बमोजिको आवेदन नपरेको खण्डमामा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस