NTC App - Ad

आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदाको अभाव हुँदै / जारि युक्रेन र रसिया बिचको युद्घ पानि कारण

Nepal-flour-mills-association

काठमाडौं । नेपाल मैदा उद्योग संघले बजारमा मैदा, आँटाको चरम अभाव सिर्जना भएको बताएको छ ।
भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदाको अभाव हुँदै गएको जनाएको छ।

नेपाल मैदा उद्योग संघले एक विज्ञप्ति जारी गर्दै मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला-साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले उल्लेख गरेको छ । साथै कसरी मैदा।आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित समेत बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement:Nepal-flour-mills-association

भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा/आँटाको मुल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी संघले सरकारलाई गराउँदै आइरहेका छ । अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूणर् बन्द हुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिएकोे उल्लेख गरेको छ ।

भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराईदिन संघले सरकारी निकायलाई अनुरोध गरेको छ । प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्ने र त्यस पश्चात फेरी चरम अभाव सिर्जना हुन सक्ने संघको दाबी छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी रहेकोले अबको दिनमा झनै गहुँ अभावको हाहाकार हुने संघको अनुमान छ ।

नेपाल मैदा उद्योग संघले भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने सरकारसँग माग गरेको छ । साथै बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक रहेको र गहुँ उपलब्ध भएमा मात्रै सम्बन्धित उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने बताउँदै मैदा आयातको सट्टा गहुँ आयात गर्न अनुरोध गरेको छ ।
नेपालि बजारमा मैदा मात्र नभै अन्य धेरै कुराको मुल्य बढ्दो क्रममा छ । जारि युक्रेन र रसिया बिचको युद्घले पानि विश्व बजारमा गहुँ लगाएतका खानेकुराको अभाव रहि आएको छ यसको प्रभाव सम्पुणर् विश्व अर्थतन्त्रमा पर्ने निश्चित प्राय छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra