पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

काठमाडौं । ज्ञानगुन प्रकाशनले पत्रकार ध्रुवहरि अधिकारी र साहित्यकार गोविन्द गिरी प्रेरणालाई सम्मान गरेको छ ।
समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिका बारेमा विशेष अंक र ग्रन्थ प्रकाशन गर्दै आएको ज्ञानगुनले यस वर्ष अधिकारी र गिरीलाई रुक्मणिराज सिवाकोटीको नाममा स्थापित सम्मान प्रदान गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई पूर्वप्रधानन्यायाधीश टोपबहादुर सिंहले सम्मानपत्र प्रदान गरे । त्यस अवसरमा सम्मानित प्रतिभाको ज्ञानगुनका कुरा विशेषांक समेत विमोचन गरिएको थियो ।
साथै कमल दीक्षित स्मृति अंक, न्यायमूर्ति जोन मार्सल स्मृति अंक, ज्ञानमणि नेपाल अंक, विश्वनाथ उपाध्याय स्मृति अंक, टोपबहादुर सिंह अंक, समाजसेवी रूक्मणिराज सिवाकोटी स्मृति पुष्प लगायत १० पुस्तकको समेत विमोचन गरियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस