मंसिरमा निक्षेपको ब्याजदर परिवर्तन नहुने

कात्तिकमा निक्षेपको ब्याजदर स्थिर राखेका बैंकहरूले मंसिरमा पनि यसैलाई निरन्तरता दिने भएका छन्।
नेपाल बैंकर्स एसोसिएसनले मंसिरमा पनि ब्याजदर नबढाउने निर्णय गरेको हो।
अर्थतन्त्रका सूचकहरू स्थिर रहेको भन्दै ब्याजदरमा समेत कुनै परिवर्तन नगर्ने नीति बैंकरहरूले लिएका हुन्।
गत असोजमा ६ महिनापछि बैंकहरूले ब्याजदर बढाएका थिए। राष्ट्र बैंकको निर्देशन अनुसार निक्षेपको ब्याजदर मासिक रूपमा बढाउँदा १० प्रतिशत बिन्दुले मात्रै बढाउन पाइन्छ।
असोजदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत र बचतमा कम्तीमा पनि ७.१३३ प्रतिशत ब्याज तोकेका छन्। मंसिरमा पनि यही दर कायम हुनेछ।
रेमिटेन्स खातामा दिने ब्याजदर भने अधिकतम १५.१३ प्रतिशतसम्म पुगेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस