वित्तीय क्षेत्रमा सहकारी संस्थाहरुले कठिन परीक्षा दिदै छन्

Bank/Cooperate

— रमलाकुमारी सापकोटा, व्यवस्थापक / हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.

पछिल्लो समयमा देशमा सहकारी संस्थाहरु कठिन परीक्षामा रहेको सहकारी संस्था सञ्चालकहरुले अनुभूति गर्न थालेका छन् । यस विषयमा बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चालनरत सहकारी संस्था हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक रमलाकुमारी सापकोटाले यस्तै अनुभव गरेकी छिन् । वर्तमान अवस्थामा आईपुग्दा ५ं३ करोड रुपैयासम्मको कारोवार भईसकेको यो सहकारी बचत तथा ऋण कारोवार विधाको सहकारीको वर्गमा शेयर सदस्यहरुको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लाकै चौथो स्थानमा यो सहरकारी रहेको उनको दावी छ ।
सो सहकारीकी व्यवस्थापक रमलाकुमारी सापकोटाका अनुसार अहिलेको अवस्थामा यो संस्थाले बचतकर्ताहरुबाट ४० करोड रुपैया निक्षेप संकलन गर्न सफल भएको छ भने ४५ करोड रुपैया ऋण लगानी भईसकेको अवस्था छ । पछिल्लो समयमा सहकारी संस्थासँग कारोबार गर्न इच्छुक देखिएका बचतकर्ताहरुको मानसिकतालाई हेर्दा ऋण छिटो दिन सक्ने सहकारी खोज्दै हिड्ने बचतकर्ताहरु देखिन थालेका छन् । उनी भन्छिन् ‘मासिक रुपमा १÷२ सय बचत गरेर आवश्यक परेको ऋण पाउन सकिने भए मात्रै सहकारी संस्थामा आबद्ध हुन चाहनेहरुको अहिले ठूलै जमात देखा पर्न थालेको छ । यो एक प्रकारको आर्थिक कारोबारमा बिकृति आउन सक्ने संकेतको रुपमा मैले बुझेको छु ।’
पहिलो र दोश्रो जन आन्दोलनपछि संख्यात्मक रुपमा सहकारी संस्थाहरुको स्थापना र सञ्चालनको विकास तिब्ररुपमा भएको देखिए पनि गुणात्मक दृष्टिकोणले त्यस्तो विकास हुन नसकेको व्यवस्थापक रमलाकुमारीको बुझाई छ । सहकारी संस्थाहरुको माझमा कतिपय संस्था आज देखिएका हुन्छन् तर भोली खोज्दै हैरान हुने स्थिति पनि आईसकेको भन्दै उनी भन्छिन् ‘सहकारी संस्थाहरुको यस्तै विचलनलाई नियमन गर्न सहकारी मापदण्ड २०६८ आयो तर त्यसले प्रभाकारी भूमिका खेल्न सकेन । यसको उचित ढंगबाट पालना नभएपछि अझ सहकारी नियमनका लागि कडा कानूनका रुपमा सहकारी ऐन २०७४ आयो तर यहि कानून हामीले सहकारी संस्थाहरु टिकाईराख्न सक्ने हो की होइन भन्ने एक प्रकारको चिन्ता खडा भएको छ । यहि ऐन कानून पालना गर्ने संस्थाहरुलाई हरेक पाईला पाईलामा चुनौति देखिएको छ । सहकारी नीति लागू भईसकेको अवस्थामा त्यो नीतिलाई नमान्ने गलत मानसिकताले सञ्चालन गरिएका सहकारीका कारणले हामीले पनि त्यो अवस्था भोग्नु परिरहेको छ । नीतिलाई नमानेर लथालिङ्ग हुने गरी कारोवार गरिदिएको कारणले गर्दा त्यसको असर अन्य नीति नियममा सञ्चालन हुने सहकारी संस्थाहरुमा परिरहेको छ ।’
छिटो र सहज रुपमा ऋण प्राप्त गर्न सदस्य बन्ने अनि केही रकम बचत गरेको आधारमा ऋण पाउने अधिकार भएको दावी गरेर सहकारीमा कारोवार गर्न आउने सदस्यहरु ऋण लगिसकेपछि सम्पर्क विहिन भईदिने र तोकिएको समयमा ऋण भुक्तानी नगर्ने जस्ता समस्याहरु बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटा बताउँछिन् । उनी अगाडि थप्छिन् ‘बैंकसँग लिएको ऋण अनिवार्य तिर्नै पर्ने तर सहकारीसँग लिएको ऋण तिर्नभन्दा पनि टार्न खोज्ने सहकारीका ऋणीहरुको प्रवृति यो बचत तथा ऋण सहकारी क्षेत्रमा एउटा ठूलै समस्या बन्दै आएको छ । बैंकले जसरी कारवाही नहुने र ऋण तिर्न पर्ने विषयमा बैंकहरुको जस्तै कडा कारवाही सहकारीहरुले गर्दैनन् भन्ने मानसिकता सहकारीका ऋणीहरुमा देखा पर्नु नै सहकारी संस्थाहरुको उन्नतिको बाधक होे भन्ने मलाई लाग्छ ।’ सहकारी संस्थामा ऋणीहरुको शेयर पनि हुने र बचत पनि नियमित गर्ने हुनाले धितो राखेर ऋण लिने ऋणीहरु धितो लिलाम नहुनेमा भरोषा गर्ने र भाखा नागेको लामो समय वितिसक्दा पनि ऋण भुक्तानी गर्न नआउने हो भने सहकारी संस्थाहरु प्रगतिशील बन्न नसक्ने व्यवस्थापक रमलाकुमारी सापकोेटाको कथन छ ।
सरकारले लागू गरेको सहकारी ऐन २०७४ मा एक ब्यक्ति एक सहकारी नीति रहेका कारण आफूहरुले सहकारीको नयाँ सदस्यहरु विस्तार गर्न नसकिएको व्यवस्थापक रमलाकुमारी सापकोटा बताउँछिन् । उनी भन्छिन् ‘‘यो नीतिमा एकै किसिमका सहकारीहरु मर्ज गरेर सञ्चालन गर्न पनि व्यावहारिक रुपमा कठिन भएको हामीले अनुभव गर्यों । किनभने यसमा कर्मचारी संयन्त्र र सञ्चालक समितिको व्यवस्थापनमा पदको भागबण्डा कसरी गर्न सकिएला ? सबैलाई चित्त बुझाएर मर्ज गर्न त्यतिकै गाह्रो । त्यसका साथसाथै विगतका आर्थिक कारोबार संयोजनमा पनि त्यस्तै कठिनाई आईपर्ने हुदो रहेछ । की त कानूनमा नै सबैको पद र संयोजन प्रष्ट रुपमा बताएको हुनु पथ्र्यो । यो एक ब्यक्ति एक सहकारी नीतिका कारण धेरै सदस्यहरु बाहिरिदै छन् । तत्काल ऋण आवश्यकता पर्ने सदस्यहरु मात्रै सहकारीको नयाँ सदस्य बन्न आउने र सहकारीलाई उनीहरुले नै प्रगति गर्न अवरोध सृजना गरिरहेका छन् ।’’
सहकारीहरुबाट कर्जा प्रवाह गर्न पनि श्रोतको अभाव हुदै गएको व्यवस्थापक रमलाकुमारीको भोगाई रहेको छ । सरकारले कृषि तथा महिला उद्योमीहरुलाई र युवा स्वरोजगारका लागि दिने अनुदान जस्ता सहयोग पनि अहिले बचत तथा ऋण सहकारीहरुलाई पनि उपलब्ध गराई दिएको भए सहज हुने उनी प्रष्ट्याउँछिन् । हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटा भन्छिन् ‘‘हाम्रो जतिको आर्थिक कारोवार गर्ने र बचत शेयर सदस्य संख्या भएको सहकारीहरुलाई सरकारले लक्षित वर्गलाई अनुदान दिने रकम परिचालन गर्ने मौका दिएको भए हामी धेरै अगाडि बढ्न सक्ने थियौं । बैंकहरुले ओडी कर्जा दिन्छ, हामीले त्यस्तो कर्जा दिन पनि पाउँदैनौं । बैंकले जस्तो लामो अवधिको ऋण दिएको जस्तो सहकारी संस्थाहरुले ऋण दिन सक्ने अवस्था छैन । थोरै समयका लागि थोरै थोरै रकममात्रै ऋण दिनु पर्ने भएकोले आयश्रोत पनि खुम्चिन पुग्दछ । ठूलो ठूलो कारोवर गर्न सक्ने र बेलामा बुक्तानी गर्न सक्ने ऋणीहरु जहिले पनि बैंक नै पुग्ने गरेका छन् र सहकारीबाट उनीहरु सन्तुष्ट नसक्ने पाइएको छ । आर्थिक अवस्था एकदमै कम भएका, हुँदा बल्ल ऋण भुक्तानी गर्न सक्ने, हुँदा खाने अवस्थाका सदस्यहरुले कारोबार गर्ने भएकाले सहकारी संस्था सञ्चालन गर्न निकै ठूलो चुनौति देखिएको छ ।’’
‘‘आर्थिक सम्पन्नताको दृष्टिकोणले मध्यम तथा न्यून वर्गीए समुदायको आर्थिक विकास गराउने उद्देश्यले नै सहकारी संस्था स्थापना भएको हो र यो मानेमा हामी यस्ता समुदाय समेट्न पाउँदा सन्तुष्ट नै छौं’’ उनि अगाडि थप्छिन् ‘‘हाम्रो यो संस्थाको ५३ करोड रुपैयाको आर्थिक कारोवार भएकोमा त्यस्तै न्यून वर्गीए तथा मध्यम वर्गीए सदस्यहरु नै बढी हुनुुहुन्छ ।’’
यस संस्थासँग कारोवार गरिरहेका सदस्यहरुले कस्तो उपलब्धी हासिल गरेका छन् ? भनेर राखिएको जिज्ञाषामा व्यवस्थापक रमलाकुमारी सापकोटाको जवाफ छ ‘‘बचत तथा ऋणको कारोबार गर्ने वर्गको सहकारी संस्था भएकोले न्यून वर्गीए तथा मध्यम वर्गीए सेवाग्राहीहरु नै हाम्रा लक्षित वर्ग हुन् । बाणिज्य बैंकहरुसम्म पहुँच नभएका ती सेवाग्राहीहरु हामीसँग जोडिन आईपुग्नु भएको छ भने उहाँहरु अब बित्तीय पहुँच पुगेको अवस्था हो । हाम्रा यस संस्थाबाट २ सय रुपैयाँ मासिक बचत गर्ने ती सेवाग्राहीले यो बचत नियमित गरेर झण्डै लाखभन्दा बढी रुपैयाँ बचत हुन पुग्छ । अर्को कुरा, हाम्रो यस सहकारीबाट ऋण लगेर सेवाग्राहीका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर मिलेको छ, कतिपयले यहाँबाट ऋण लिएर उहाँका छोराछोरीलाई डाक्टर, इञ्जिनियरलगायतका प्राविधिक शिक्षा आर्जन गर्ने अवसर पाउँनु भएको छ भने कतिपयले व्यवसाय सञ्चालन गरेर आर्थिक विकास गर्ने अवसर पाउनु भएको छ । उत्पादन कार्यमा पनि हाम्रो सहकारीबाट ऋण लिनु भएका सदस्यहरुले लगानी गरेर आफ्नो आर्थिक अवस्था मजमूत गर्न पाउनु भएको छ र त्यसका अलावा पनि उहाँहरुबाट प्रत्येक्ष वा परोक्षा रुपमा रोजगारका अवसर पाउने सम्बन्धित अरु जनशक्ति पनि हुनुहुन्छ । त्यसैगरी २ वटा गाई किनेर कृषि ब्यवसाय गरेका ऋणीहरुले अहिले व्यावसायिक गाई फार्म स्थापना गरी सञ्चालन गर्न सफलता पाउनु भएको छ भने २ वटा बाख्रा किन्न हामीबाट कर्जा लिनु भएका सदस्यहरुले ठूला ब्यावसायिक बाख्रा फार्म चलाउन सफल हुनु भएको छ । उहाँहरुको फार्ममा ५५ वटासम्म बाख्राको संख्या पुगेको हामीले गनेर आयौं । त्यस्तै २ सय वटा कुखुरा पाल्न यहाँबाट ऋण लिने सदस्यले आज ५ हजार कुखुरा पालन गर्ने क्षमता विकास गर्नु भएको छ । १०÷१५ लाखसम्म ऋण लिएर कारोवार गर्ने व्यवसायीहरु त्यसबाट ठूला बैंकसम्म पुग्न आधार उहाँहरुले यही सहकारीबाट प्राप्त गर्नु भएको छ । सिलाई बुनाईका लागि ४० हजार रुपैया ऋण लिनु भएका हाम्रा यहाँका सदस्यहरुले आज सुविधा सम्पन्न टेलर सञ्चालन गर्न सक्नु भएको छ । त्यस्ता व्यवसायीहरुको खुट्टा टेकाउने आधार हातेमालो बचत तथा ऋण सहकारी संस्था हो नी ।’
एउटा बाणिज्य बैंकसँग आधा करोडभन्दा बढी कर्जा लिन सक्ने बनेका कतिपय व्यवसायीहरु शुरुमा यही हातेमालो बचत ऋण सहकारी संस्थाबाट आर्थिक विकासको आधार मान्न सकिने उदाहरणजन्य सदस्यहरु रहेको पनि व्यवस्थापक रमलाकुमारी दावी गर्छिन् । यस सहकारीसँगको कारोवार शुरु गर्नु गरेका घरजग्गा नभएका सदस्यहरुसँग अहिले घर भएको पनि उनी बताउँछिन् । व्यवस्थापक रमलाकुमारीका अनुसार यस सहकारीले यहाँबाट कर्जा लिएर केही व्यवसाय शुरु गर्ने सदस्यहरुको थप लगानी जुटाउन ठूला बैंकसम्म जानको लागि पहिल गर्नुका साथै आर्थिक विकाससम्बन्धी परामर्शसहित सहयोग समेत गर्दै आईरहेको छ । सदस्यहरुलाई आर्थिक तथा स्वास्थ्य सुरक्षाका लागि बीमालगायतका अन्य सेवाका लागि पनि आवश्यक परामर्श दिनपनि यो सहकारी पछाडि नपरेको उनी बताउँछिन् ।
कुनै पनि बित्तीय संस्थाहरुले आर्थिक विकाससँगै सामाजिक उत्तरदायित्व पनि वहन गर्नु पर्छ भन्ने धारणा राख्ने हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटा यो संस्थाले कोरोना भाईरसविरुद्धको खोप अभियानमा सररकारलाई सहयोग गर्दै आईरहेको र आफ्ना सदस्यहरुलाई सहज रुपमा यो खोप दिलाउन समेत पहल गर्दै आईरहेको प्रष्ट पार्छिन् । घरेलु हिंसामा परेर डिप्रेसनमा पुग्न लागेका महिला सदस्यहरुलाई आवश्यक परामर्श तथा हौसला जगाउने कार्यका साथै हिंसाबाट सुरक्षित राख्ने काममा पनि यो संस्थाले विभन्न कार्यक्रमहरु सञ्चालन गर्र्दै आईरहेको उनी बताउँछन् । यस संस्थामा आवद्ध सदस्यहरुको जेहन्दार छोरीहरुलाई पढाउन नसकेको अवस्था वर्षमा ५ जना विद्यार्थीहरुलाई सम्पूर्ण छात्रबृत्ति उपलब्ध गराउँदै आएको जानकारी रमलाकुमारीको भनाई छ । त्यसैगरी यस सहकारी संस्थाले कार्यालय प्रयोजनका लागि विभिन्न पदीय जिम्मेवारी सहित ७ जनालाई प्रत्यक्ष रुपमा रोजगारको अवसर प्रदान गर्दै आईरहेको र यस सहकारीको सेवा सुविधा लिएर अप्रत्येक्ष रोजगार एवं स्वरोजगारको अवसर प्राप्त गर्ने जनशक्तिको संख्या सयौं रहेको हातेमालो बचत तथा सहकारी संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटा बताउछिन् ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६३ सालमा स्थापना भएको हो । साविक चुरियामाई गाविस वडा नं. २ नयाँ वस्ति तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा स्थापित यस सहकारी संस्था हाल ३ वटा स्थानीय तह समेटेर को चुरियामाई गाविसका २६ जनाले एक एक सय रुपैया जम्मा गर्दा जम्मा २६ सय रकमबाट स्थापना गरिएको हो । स्थानीय कार्यक्षेत्र विस्तार गर्दा साविकको हटिया, हर्नामाडी, छटिवन, मकवानपुरगढी गाविसका साथै हेटौंडा नगरपालिका सिंगै समेटेर स्थापना गरिएको यो सहकारी संस्था हाल ३ वटा स्थानीय तहमा कार्यक्षेत्र ९ वर्षको दौडानमा सञ्चालनरत रहेको छ । हाल २२ सय ८१ जना बचत तथा शेयर सदस्यहरु संलग्न हुनुहुन्छ ।
— लक्ष्मण बजगाई

Advertisement:Bank/Cooperate

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application