एमालेको १० औं महाधिवेशन भव्यता उद्घाटन



चितवन, ११ मंसिर । नेकपा एमालेको १० औ महाधिवेशन चितवनको नामा भव्यताका साथ उद्घाटन भएको छ । पार्टीको १० औं महाधिवेशन शुक्रबार चितवनको नारायणगढस्थित नारायणी किनारमा महाधिवेशनको उद्घाटन समारोह समापन गरिएको हो ।

भव्यताका साथ आयोजना गरिएको १० औं महाधिवेशनको विशेष समारोहलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए देशभरबाट आएका पार्टीका नेता तथा कार्यकर्ताको सहमागिता रहेको थियो । नेकपा एमालेको उद्घाटन समारोहमा देखिएको विशाल जनसहभागिताले पार्टीको शक्ति प्रदर्शन भएको थियो ।

नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहको रौनक बढाउन पार्टीका विभिन्न अंगहरु परिचालन गरिएको छ । पार्टीमा आवद्ध कार्यकर्ताहरुले विशाल जुलुश र ¥याली समेत सञ्चालन गर्दै उद्घाटनस्थमा प्रवेश गरेका थिए । बाजागाजा तथा झण्डा र ब्यानहरु बोकेका सहभागीहरु उद्घाटनस्थलमा प्रवेश गर्दा उद्घाटन स्थलमा भव्य स्वागत गरिएको थियो । नारायणीनदीमा रहेको पुलमा समेत दर्शकहरुको भिड लागेको थियो भने देशभरबाट हजारौं पार्टीमा आवद्ध सदस्यहरु तथा पार्टी कार्यकर्ता र नेताहरु चितवन आउँदा हुने सक्ने भिडभाडलाई मध्यनजर गरेर अत्यावश्यक बाहेक सडकहरुमा आवागमन बन्द गरिएको थियो ।

नेकपा एमालेको १० औं महाधिवेशनमा निमन्त्रित विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य समेत ब्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोहलाई लाई सम्बोधन गर्दै देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य हुनु पर्ने बताए । उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी उक्त समारोहका अतिथिहरु अन्य पार्टीका नेताहरुे पनि शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उद्घाटन समारोहलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना भन्दा नि राजनीतिक श्रृंखलाहरुमा आफ्नो भूमिकाको चर्चा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा