ओमानमा भइरहेको एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत आज भएको साउदी अरेबिया बिरुद्धको समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै समूह चरणको सबै खेलमा विजय हासिल गरेको छ । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। [...]