तातोखबर / तीन वटा संसदीय समितिको बैठक आज शुक्रबार बस्दैछ। प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्नेछ। पूर्वाधार विकास समितिको बैठक मध्याह्न १२ बजे बस्नेछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल हुनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ। [...]