अमेरिकी सुरक्षा परिषद्का उच्च अधिकारी नेपालमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
तातो खबर
२०८० मंसिर २०
काठमाडौं : दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का अमेरिकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी आज बिहान भारत हुँदै काठमाडौं आइपुगेको परराष्ट्र मन्त्राललये जनाएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च अधिकारीलाई भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। [...]