अमेरिकी सुरक्षा परिषद्का उच्च अधिकारी नेपालमा, प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने



काठमाडौं : दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का अमेरिकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर काठमाडौं आइपुगेकी छन्।

दुई दिने भ्रमणका लागि उनी आज बिहान भारत हुँदै काठमाडौं आइपुगेको परराष्ट्र मन्त्राललये जनाएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्च अधिकारीलाई भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

लाउबाचर दक्षिण एसिया क्षेत्रलाई हेर्ने अमेरिकी अधिकारी हुन् । उनको पद रियर एडमिरल नेपालको उपरथी सरहको हो। उक्त शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका साझा चासोका विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको थियो।

लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा काम गरेकी छन्। साथै, उनले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन्।

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि अमेरिकाको भ्रमण गरेपछि अमेरिकाबाट नेपालमा हुन लागेको यो नै उच्च तहको भ्रमण हो।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको