तातोखबर, पोखरा / पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा धेरै पोखरेलीहरु सामेल भएका थिए। फेवातालछेउ बाराहीघाट भरिभराउ थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो। समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिने कार्यक्रम थियो । प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत गाएर मनोरन्जन [...]