दाङ, असार २० / लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नयाँ सत्ता समीकरण बने सँगै एमालेले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। [...]