बेइजिङ्, १५ असार (रासस÷एएनआई) रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी युद्धका कारण अधिकांश मध्य र पूर्वी युरोपेली (सिइई) देशहरू चीनलगायत विदेशी शक्तिहरूबाट सतर्क हुन थालेकाले चीनको ‘१७+१ पहल’ गम्भीररूपमा प्रभावित भएको छ । [...]