ललितपुरमा पानीपुरी बिक्रीमा रोक



ललितपुर, १२ असार (रासस) । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ । काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए । उनले भने, “अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ ।”

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

मकवानपुर – हेटौंडा-४ मा रहेको ब्रह्ममदिक एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाई एक सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

तातोखबर, ललितपुर /  नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषय उठाएका छन्।

तातोखबर, काठमाडौं / अमेरिकाले गाजामा जारी युद्ध रोक्ने राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावलाई भिटो प्रयोग गरेर रोकेको छ । अमेरिकाले भिटो