तिब्बतमा १७ हजारभन्दा बढी व्यक्तिलाई स्थानान्तरण गरिने



ल्हासा, १३ असार (रासस÷सिन्ह्वा) :

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती अधिकारीले बताएका छन् । मानिसहरूको जीवनस्तर उकास्ने र पठार क्षेत्रको कमजोर पारिस्थितिक प्रणालीको संरक्षण गर्ने स्थानीय कार्यक्रम अन्तर्गत उनीहरूलाई स्थानान्तरण गर्न लागिएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निबारण कार्यक्रमले विकासको पूर्वाधार पु¥याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकिकृत बस्ती बनाई उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीति अन्तर्गत चीनमा हजारौँ मानिस लाभान्वित बनेका छन् । आगामी डेड महिनामा समुद्री सतहभन्दा ४,५०० मिटरमाथिको औसत उचाइ भएका ठाउँहरूबाट स्थानीयहरूलाई तीन हजार ६०० मिटरको उचाइ रहेको शानन शहरमा ल्याइनेछ । उहाँले थप्नुभयो, “स्थानान्तरण योजनाले पर्यावरणीय सुरक्षा र उत्तम जीवनको मानिसहरूको दुबै मागलाई ध्यानमा राख्दै जन–केन्द्रित विकास विचार प्रतिबिम्बित गर्छ ।” यस क्षेत्रको समग्र तिब्बतको एक सयभन्दा बढी शहरमा सञ्चालित स्थानान्तरण योजनाले आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा