देश बिगार्ने प्रचण्ड-ओली छिट्टै पतन हुनेछन् : राजेन्द्र महतो

तातोखबर, काठमाडौं / पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटाएको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्।
उनले कम्युनिष्टहरुले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताए। उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिने दाबी गरे। उनले नेपालीहरुको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताए।
उनले क्यापिटालिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको बताए।
उनले भने, ‘कम्युनिष्टहरुले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे। धर्म मेटाइदिने काम गरे। सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने। सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो। नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन्। हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक-पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन्। यिनीहरुको पतन हुन्छ।’
नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस