कोरोनाको कहरपछि आँखासम्बन्धी रोग बढ्दै

nepal-eye-hospital-eye-problem-after-covid-virus

काठमाडौँ / देशमा कोभिड-१९को महामारीपछि आँखाका विरामी बढेको तथ्यांक बाहिरिएको छ। कोरोनाको कहरपछि बालबालिकामा समेत आँखासम्बन्धी रोग बढ्दै गएको छ ।

नेपाल आँखा अस्पतालले आइतवार पत्रकार सम्मेलन गरेर देशमा दिन प्रतिदिन आँखाका विरामी बढ्दै गएकाले आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ।

Advertisement:nepal-eye-hospital-eye-problem-after-covid-virus

पत्रकार सम्मेलनमा अस्पतालका सचिव यज्ञध्वज सापकोटाले आर्थिक वर्ष ०८१/८२ को ८ महिनामा अस्पतालमा आँखाका विरामी बढ्दै गएको बताए। उनले यो अवधिमा अस्पतालले १ लाखभन्दा बढीको आँखा उपचार गरेको बताए।

उनले इमरजेन्सी सेवामार्फत २ हजार ७३५ जनाको आँखा उपचार गरेको बताए। उनले आँखाको रोग बाल्यकाल र वृद्ध उमेरमा बढी देखिने भए पनि कोभिड-१९ पछि बालबालिकामा बढी देखिएको बताए।

उनले अस्पतालले १६ वर्ष उमेर पुगेकाभन्दा मुनिको उमेर समूहका १५ हजारभन्दा बढी बालबालिकाको ८ महिनामा उपचार गरेको बताए।

‘चालु आर्थिक वर्ष ०८१/८२ को ८ महिनाको तथ्यांकअनुसार १ लाखभन्दा बढीको आँखा उपचार गरिसकेका छौँ। इमरजेन्सी सेवामार्फत २ हजार ७३५ जनाको उपचार गरेका छौँ‚’ उनले भने, ‘आँखाको रोग शुरुवाती उमेरमा बढी समस्या हुन्छ कि प्रौढ अवस्थामा बढी समस्या हुन्छ। बालबालिका १६ वर्ष पुगेकाभन्दा मुनिको उमेरका पनि १५ हजारभन्दा बढी बालबालिकाको उपचार गरेका छौँ।’

उनले ३ हजार ५९८ सर्जरी गरेको पनि बताए। उनले अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर ८ महिनामा ७२१ जनाको शल्यक्रिया गरेको बताए। दैनिक ४ सयदेखि ७ सय जना विरामीलाई बहिरंग सेवा दिने गरेको उनले बताए।

‘३ हजार ५९८ सर्जरी गएका ८ महिनामा गरेका छौँ। अस्पतालले दूरदराजमा ७२१ जनाको शल्यक्रिया गरेको छ। हाल अस्पतालमा दैनिक करिब ४ सयदेखि ७ सय जना विरामी आइरहेका छन्‚’ उनले भने‚ ‘कोभिडपछि आँखाको समस्या बालबालिकाहरुमा बढी देखिएको छ। गत ८ महिनामा १५ हजारभन्दा बढी स्कुले विद्यार्थीको आँखा जाँच गरेका छौँ। आँखाका विरामीको संख्या बढिरहेको छ।’

उनले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि बताए। गत ८ महिनामा १५ हजारभन्दा बढी विद्यार्थीको आँखा परीक्षण गरी १ हजारभन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस् :