उपनिर्वाचन : इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार

तातोखबर, इलाम / आगामी वैशाख १५ मा हुनगैरहेको उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पनि बैठकले निर्णय गरेको छ।
खड्का यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए ।
अन्य दलका उम्मेदवार र स्वतन्त्र चुनावी प्रचारपसारमा जुटिरहँदा उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो। इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य भिडन्त थियो। सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।
यस्तै, बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए। पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफलसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस