भिनाजुको एसईई दिंदै गर्दा सालो पक्राउ

तातोखबर, सर्लाही/ सर्लाहीमा आइतबार भिनाजुको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिंदै गर्दा सालो पक्राउ परेका छन्।
जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका- ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका छन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणितको परीक्षा दिइरहेका थिए।
महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका वेला पक्राउ गरेको हो। कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनयाँका विद्यार्थी हुन्।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ। नक्कली परीक्षार्थी महतोलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ।
सर्लाहीमा एसईई अन्तर्गत आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ। अनिवार्य गणित विषयको परीक्षामा आफ्नो केन्द्रभित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारवाहीस्वरूप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस