बाँसबारी छाला जुत्ता उद्योगको जग्गा सरकारको नाममा फिर्ता

chabilal-nepali

तातोखबर, काठमाडौँ / बाँसबारी छाला जुत्ता उद्योगबाट चौधरी समूहले च्याम्पियन फुटवेयरमार्फत हडपेको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइएको छ ।

सबै प्रक्रिया पुरा गरी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

Advertisement:chabilal-nepali

मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै आज सो निर्णय गरिएको जानकारी गराएको छ । मालपोत ऐन २०३४ को दफा २४ को व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको कार्यालयका प्रमुख छविलाल नेपालीले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमतिबिना उक्त जग्गा फुटवेयरको नाममा लगिएको थियो । सो विषयमा सांसद विनोद चौधरी, उनका भाइ वसन्त र अरुण चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :