नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा ‘राइट टु प्रोटिन रन’ हाफ म्याराथन प्रतियोगिता हुने
तातोखबर, काठमाडौँ / नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यसै साता तेस्रो संस्करणको ‘राइट टु प्रोटिन रन’ नामक हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।
यही चैत १० गते हुने उक्त दौड प्रतियोगितामा ७ हजार २८६ जनाले भाग लिने संयोजक डा शीतलकाजी श्रेष्ठले आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) र ३ किमी (महिला), अपाङ्गता भएका भएका व्यक्तिका लागि ह्विलचेयर र बालबालिकाका लागि रन फर फन दौड समावेश गरिएको छ।
प्रतियोगिताअन्तर्गत हाफ म्याराथनको उपाधि जित्ने महिला तथा पुरुष खेलाडीले १/१ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
दोस्रो, तेस्रो‚ चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः ७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ, ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
पुरुष १० किमी दौडमा प्रथम स्थान हासिल गर्ने खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुने खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन्। तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन्।
५ किमी खुला र ५ किमी विद्यार्थीअन्तर्गत पुरुषतर्फको दौडमा पहिलो स्थान हात पार्ने खेलाडीले ३० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुने खेलाडीले २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
३ किमी दौडको महिलातर्फ पहिलो हुने खेलाडीले २० हजार रुपैयाँ पाउनेछन् भने दोस्रोले १५ हजार रुपैयाँ पाउनेछन्। साथै तेस्रोले १० हजार रुपैयाँ, चौथोले ५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २ हजार ५ सय रुपैयाँ पाउनेछन्।
ह्विलचेयरतर्फ प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने महिला तथा पुरुष खेलाडीले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
‘दौडमा सहभागी बनौँ, स्वस्थ रहौँ’ मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

