प्रमुख प्रशासकीय अधिकृत सरकारी निवासमा आगजनी गरेको आरोपमा पक्राउ

तातोखबर / दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा ढुंगामुढा र आगजनी गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत नै पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले आइतबार प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई पक्राउ गरेको हो ।
गत फागुन २५ गते मध्यराति प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेको भनिएता पनि अनुसन्धानका क्रममा उनले नै आगो लगाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाले पनि अधिकृतविरूद्ध जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस