भीमफेदीमा टिपर दुर्घटना
हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालक च्यापिएका छन्। उनको उद्धार प्रयास भइरहेको छ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा टिपर दुर्घटना भएको हो।
रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना.८ख ८९१० नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको छ।
टिपरचालक जिल्ला हटौँडा उपमहानगरपालिका– १५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबा च्यापिएको अवस्थामा रहेको र उनको उद्धारको प्रयास भइरहेको प्रवक्ता भण्डारी जानकारी दिए।
उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकबाट सेनको टोली खटिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

