नव्य मानवतावादी शिक्षा सम्बन्धी अन्तरक्रिया
हेटौंडा – हेटौंडाको एक निजि विद्यालयमा बाल संरक्षण र नव्य- मानवतावादी शिक्षा सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा-४ कर्रा स्थित आमसाइ स्कुलको आयोजनामा २६ र २७ गते दुईदिने शिक्षक र अभिभावक बीच अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा प्रेम सोङमेन प्रमुख वक्ता रहेका थिए भने बालदेव प्रसाद साह र विष्णु बराल प्रशिक्षकका रुपमा रहेका थिए।तिनैजनाले घरनै बालबालिकाको पहिलो विद्यालय हो र घरमा शैक्षिक वातावरण हुनुपर्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए।
आमसाइ स्कुलका प्रधानाध्यापक प्रभात खत्रीको संयोजनमा भएको कार्यक्रममा शिक्षक अभिभावक र विद्यार्थी गरि करिव ५० जनाको सहभागिता रहेको थियो।
१ सय २० जना बालबालिका अध्ययनरत रहेको आमसाइ स्कुलले विद्यार्थी र अभिभावक लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

