हेटौंडामा अन्तर क्याम्पस टि–२० क्रिकेट हुँदै
हेटौंडा–हेटौंडामा फागुुन २६ गतेदेखि अन्तर क्याम्पस टि– २० क्रिकेट प्रतियोगिता हुने भएको छ । स्व. अष्टकुमारी शाक्यको स्मृतिमा हेटौंडा जेसीजले आयोजना गर्न लागेको प्रतियोगिता फागुन २६ गते देखि २९ सम्म हुने विहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठका अनुसार मकवानपुरका हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, हेटौंडा सिटी कलेज र नारायणी कलेज, बाराको सिमरा क्याम्पस, पर्साको नेशनल इन्फोेटेक र चितवनको एरोभा कलेजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
जेसीजका वर्ष १९९२ का अध्यक्ष पूर्ण शाक्यका आमा अष्ट कुमारी शाक्यको स्मृतिमा स्व.अष्टकुमारी टि २० क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगितामा विजेताले पचास हजार, ट्रफि र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार, ट्रफि र मेडल पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट व्याट्सम्यान र बलरलाई पाँच/पाँच हजार नगद प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा करिब चार लाख ५० हजार खर्च अनुमान रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

