ब्राजिलको राजधानीमा एक्स्पो नेपाल २०२४

expo-nepal-2024

तातोखबर, काठमाडौं / ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिले ‘एक्स्पो नेपाल २०२४’ आयोजनामा गरेको छ। एक्स्पो शुक्रबार बाट शुरु भएको हो।

ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो सहभागी थिए। यस्तै ब्राजिलका कानून उपमन्त्री, ब्राजिलको संघीय अदालतका न्यायाधीश, ब्राजिलियन ट्राभल एजेन्सी संघका अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसंघका अध्यक्षलगायतको उपस्थिति रहेको नेपाली दूतावासले जनाएको छ। कार्यक्रममा विभिन्न २० देशका राजदूत पनि सहभागी थिए।

Advertisement:expo-nepal-2024

कार्यक्रममा प्रमुख अतिथि ब्राजिलका श्रममन्त्री लेलियोले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै दूतावासले आयोजना गरेको यो कार्यक्रमले दुई देशबीच सम्बन्धमा नयाँ आयाम ल्याउने विश्वास समेत व्यक्त गरे।

नेपाली दूतावासको निमन्त्रणामा भएको  ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले ब्राजिलका नागरिकलाई नेपालसँग जोड्ने माध्यम हुनसक्ने धारणा राखेक छन् ।

नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशीले नेपाल भौगोलिक र प्राकृतिकरूपमा ब्राजिलजस्तै भएकाले त्यहाँका लगानीकर्तालाई नेपालमा निर्धक्क भएर भ्रमण र लगानी गर्न आग्रह गरेका छन् ।

‘एक्स्पो नेपाल २०२४’ मा नेपाली व्यवसायीले २२ वटा प्रदर्शनी कक्ष राखेका छन्। प्रदर्शनी कक्षमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक प्याकेजका साथै नेपाली मौलिक खानाका परिकार, नेपाली गलैँचा र नेपाली कला संस्कृति झल्काउने काठका सामग्री रहेका छन्। एक्स्पो मार्च ३ तारिखसम्म जारी रहन्छ ।

प्रतिक्रिया दिनुहोस् :