लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

lumbini-province

काठमाडौं :  लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन शुक्रबार बाट शुरु हुँदैछ। दिउँसो ३ बजे बैठक बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए।

उनका अनुसार आजको बैठकमा सभामुखले  प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजनसम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

Advertisement:lumbini-province

यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि रहेको छ। यस्तै शनिबार प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस् :