अवैध ४५ किलो लागुऔषध चरेससहित ३ जना पक्राउ
तातोखबर, हेटौंडा / मकवानपुरमा ४५ किलो अवैध लागुऔषध चरेससहित ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा थाहा नगरपालिका-८ का ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ का ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ का ३२ वर्षीय नवराज तामाङ रहेका छन्।
उनीहरूलाई भिमफेदी गाउँपालिका-२ को पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई भैँसे प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो। उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

