प्रसिद्ध गायक भक्तराज आचार्यको स्वर्गारोहण

काठमाडौं, १४ फागुन / नेपालका प्रसिद्ध गायक भक्तराज आचार्यको ८१ वर्षको उमेरमा आज स्वर्गारोहण भएको छ । अस्वस्थ आचार्यको उपचारका लागि लतितपुरस्थिति मेडिसिटी अस्पताल लैजाने क्रममा मृत्यु् भएको हो ।

विक्रम सम्बत २०४६ सालमा भएको एउटा दुर्घटनामा आफ्नो अलौकिक सुमधुर स्वर गुमाएका गायक भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका भोली सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा राखिईने स्वर्गीय आचार्यको परिवार निकट श्रोतले जानकारी दिएको छ ।

Advertisement:

भजनशिरोमणीको उपनामले चिनिएका गायक भक्तराज आचार्यका सयौं आधुनिक तथा राष्ट्र भक्ती गीतहरु चर्चित तथा लोकप्रीय रहेका छन् । गायक आचार्यको जन्म १९९९ सालमा धनकुटामा भएको हो ।

प्रतिक्रिया दिनुहोस् :