शहरी होमस्टेबाट नेपालको पर्यटनमा टेवा पुग्न सक्ने अपेक्षा

काठमाडौं, १४ फागुन / रोजगारको पिरलोले युवा पलायन बढ्दै गएपछि काठमाडौ महानगरभित्र हाडीगाउँमा सञ्चालनरत ‘हाडीगाउँ सामुदायिक होमस्टे’ नेपालको पर्यटन उद्योगमा टेवा पुर्याउनेअभियानको रुपमा देखा परेको छ । महानगरको पुरातात्विक क्षेत्रभित्र स्थानीय गृहिणीहरुद्वारा सामूहिक रुपमा सञ्चालनरत उक्त होमस्टे पर्यटन उद्योगमा टेवा पुर्याउने अभियानको रुपमा देखा परेको हो ।

विक्रम सम्बत २०७५ सालमा विधिवत रुपमा दर्ता गरी सञ्चालनमा आएको हाडीगाउँ सामुदायिक होमस्टेमा हालसम्म ११ परिवार रहेकोमा अब उक्त सङ्ख्या बढाएर ३० भन्दामाथि पु¥याउने लक्ष्य राखेर सदस्यता विस्तार गर्न लागिएको अध्यक्ष सकून्तला घिमिरेले जानकारी दिएकी छिन् । नेपाली मौलिक कला, संस्कृति र नेपालीपन प्रबद्र्धन गरी शहरमा बढ्दै गएको सांसकृति विचलन रोक्न आफूहरुले शहरभित्रकै सांस्कृतिक वस्तीभित्र स्थानीय गृहिणीहरुलाई समेटर यो होमस्टे सञ्चालनमा ल्याएको उनले बताएकी छिन् ।

Advertisement:

हीन्दु धर्मालम्बीहरुको महत्वपूर्ण चाड शिवरात्रीको अवसर पारेर उक्त पर्व विशेष कार्यक्रम मनाउने तयारीमा हाडीगाउँ सामुदायिक होमस्टेले आफ्नो समूहमा थप सदस्य विस्तार गर्न लागेको र यसबाट नेपालको सांस्कृतिक पर्यटनमा महत्वपूर्ण योगदान रहेन पनि अध्यक्ष सकून्तला घिमिरेले जानकारी दिएकी छिन् । उनले यहाँका सीमित दिदीवहिनीहरुले सामूहिक रुपमा होमस्टे सञ्चालन गर्न थालेपछि यसतर्फ अन्य गृहिणीहरुले यस समूहमा आबद्ध भएर होमस्टे सञ्चालन गर्ने इच्छा देखाएकोले सदस्यता थप्ने तयारी भईरहेको बताईन् ।

त्यसैगरी हाडीगाउँ सामुदायिक होमस्टेकी उपाध्यक्ष कल्पना खतिवडाले काठमाडौं महानगरपालिको केन्द्रविन्दुमा रहेको हाडिगाउँ क्षेत्र एउटा सांस्कृतिक, धार्मिक र ऐतिहासिक वस्तीका रुपमा रहेकोले यहाँको पर्यटकीय विशेषता झल्काउन आफूहरुले यहि क्षेत्रमा होमस्टे (घरबास) सञ्चालन गर्न शुरु गरपछि यहाँ बस्न आउने पाहुनाहरु दोहोर्याएर र तेहर्याएर आउने गरेको साथै होमस्टेको बसाईबाट पाहुनाहरुले पारिवारिक आनन्द पाएको प्रतिकृया आउने गरेको अनुभव ब्यक्त गरिन् । उनले हाडीगाउँ क्षेत्र पुरातात्विक महत्वले चर्चामा रहेकोले यस क्षेत्रमा काठमाडौं महानगरपालिका तथा पुरातत्व विभागले विस्तार सवारी आवागनमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको सुन्नमा आएको बताईन् ।

त्यस्तै हाडीगाउँ सामुदायिक होमस्टेमा अन्य सदस्यहरुले होमस्टे सञ्चालन गरेर धेरै ठूलो आम्दानी गर्न नसकिए पनि स्वरोजगार बन्ने अवसर सृजना भएको र घरखर्च चलाउन चाहिने निम्नतम् आयश्रोत प्राप्त हुने आधार बनेको धारणा ब्यक्त गरे । आफ्ना र आफन्तहरु घरमा पाहुनाका रुपमा आए जस्तै होमस्टेमा बस्न आउने पाहुनाहरु पनि आफ्नो परिवारले खाने भान्छामा सगै बसेर खाने, पाहुनालाई छुट्याईएको कोठामा गएर सुत्ने अनि त्यस्तो सेवाबापत सेवा शुल्क दिएर विदा हुने विधी होमस्टेमा हुने हुँदा गृहिणीहरुले समय विताउन पनि गाह्रो नहुने होमस्टेकर्मीहरुको भनाई छ ।’

होमस्टे सञ्चालन गर्न थालेपछि घरको सरसफाई, घरआगनको सजावट र शहरी वातावरणले लोप गराउन लागेको परम्परागत सस्कृति एवं संस्कारसमेत प्रचलनमा ल्याउन हौसला मिलेको पनि उनिहरु बताउँछन् । ग्रामीण वस्तीहरुमा जस्तै शहरमा पनि पर्यटनको विकास गर्न होमस्टे आवश्यक भएकोले यसतर्फ नगर, महानगरका बासिन्दाहरुलाई ध्यान दिन पनि हाडीगाउँ सामुदायिक होमस्टे सञ्चालकहरुको आग्रह रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस् :