‘-याप ब्याटल नेपाल’ को सिक्किम अडिसन सम्पन्न

काठमाडौं, ५ फागुन÷ टेलिभिजन रियालिटी शो ‘¥याप ब्याटल नेपाल’ को सिक्किम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन सिक्किमको प्रान्तीय राजधानी गान्तोकमा शनिवार सम्पन्न भएको हो ।
७३ जना नेपाली भाषी सिक्किमेलीहरुले यस रियालिटी शोमा अडिसन दिएका र तीमध्ये १२ जना अर्को चरणका लागि छनौटमा परेका छन् । सिक्किममा ¥यापसम्बन्धी पहिलो अडिसन भएकाले पनि सहभागीहरु उत्साही रहेको पाईएको छ ।
युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा भैरहेको ‘¥याप ब्याटल नेपाल’ एपीवान टेलिभिजनमा आगामी अप्रिलबाट प्रसारणमा आउने बताईएको छ । त्यस्तै फेब्रुअरी १९ सोमबार दार्जिलिङ अडिसन हुने आयोजकले जानकारी दिएको छ ।नेपाली साङ्गीतिक फाँटदेखि बलिउडका संगीतकर्मीहरु शोमा निर्णायक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस