दुई मोटरसाईकल आपसमा ठोक्किदा सिन्धुलीमा १ जनाको मृत्यु
काठमाडौं, ४ फागुन / सिन्धुलीमा डकहाबाट दुधौलीतर्फ जादै गरेको मोटरसाईकललाई पछाडिबाट आउदै गरेको अर्को मोटरसाईकलले ठक्कर दिदा दुधौलीमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । दुधौली नगरपालिका–९ आँपडाडामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको र एका जना घाईते भएका हुन् ।
उक्त दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता डिएसपी चिरञ्चिवी दाहालले आमसञ्चार माध्यमलाई दिएको जानकारीअनुसार कुमरले चलाएको स १० प ३९०९ को मोटरसाइकललाई हरि राउतले चलाएको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
हरि राउतले चलाएको मोटरसाईकल अगाडिको मोटरसाईकलसँग ठोक्किएपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए । घाइते राउतको खुट्टामा गम्भीर चोट लागेर घाईते अवस्थामा उद्धारपछि सिन्धुलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

