मिटरब्याज पीडित र स्थानीयबीच झडप हुँदा २१ जना घाइते

हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् ।
मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको थियो । त्यसक्रममा झडप भएको उनले बताए । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।
घाइते हुनेहरुमा धेरैजसो मिटरब्याज पीडित छन् भने केही स्थानीय छन् । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु केसीले पनि घटनाको पुष्टि गरे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस