छोरीको जन्मदिनमा विद्यार्थीलाई ब्याग र खाजा
हेटौंडा – हेटौंडा–५ निवासी स्याङ्बो दम्पति कालुमान र डोल्माले छोरीको जन्मदिनको अवसरमा एउटा विद्यालयका विद्यार्थीलाई ब्याग तथा खाजा वितरण गरेका छन् । आइतबार स्याङ्बो दम्पतिले छोरी ज्योतिको जन्मदिनको अवसरमा हेटौंडा–१२, पदमपोखरीस्थित व्रह्मदेवी प्राथमिक विद्यालयका १ सय ३९ विद्यार्थीलाई ब्याग तथा खाजा बितरण गरिएको हो ।
खरले छाएको स्कुल र कच्ची बेञ्च भएको सरकारी स्कुलमा पढेर पनि आफूले नेपाली सेनामा भर्ती भइ राष्ट्रको सेवा गर्ने अवसर पाएको कालुमानले बताए । स्याङ्बोले खुट्टामा चप्पल नलगाइ स्कुल गएको र सेनामा सबभन्दा बढी पढेको भनेर तारिफ हुने गरेको अनुभव सुनाए । स्याङ्बोले सरकारी विद्यालयमै पढेर सफल हुन सकिने भन्दै विद्यार्थीलाई निर्धक्कले पढ्न आग्रहसमेत गरे । स्याङ्बो १८ वर्षपछि अवकासप्राप्त सेना हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी डोल्माले छोरीको जन्मदिनको अवसरमा सहयोग उपलब्ध गराउन पाउ“दा खुसी व्यक्त गरिन् ।
ब्याग तथा खाजा बितरण कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष कालु घलान, विद्यालय प्रधानाध्यापक गोकुलप्रसाद गौतम, जिल्ला समन्वय समिति मकवानपुर सदस्य सुमिरा लामा, समाजसेवीद्वय कमानसिं गोले र कृष्णबहादुर ब्लोन, नेपाल सैनिक श्रीमती संघ मकवानपुर सचिव लक्ष्मी चौलागाईं, नेपाल सैनिक श्रीमती संघ मकवानपुर कोषाध्यक्ष धनकुमारी लामा, महिला सेवा साकोस लेखा संयोजक गीता न्यौपाने, सिर्जनशील टोल विकास संस्था अध्यक्ष औतारसिं गोले र अभिभावक तथा विद्यार्थीलगायतको उपस्थिति थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिलन ब्लोनको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

