अरुण चौधरी पक्राउ पर्दा नेपाल उद्योग बाणिज्य महासंघमा खैलाबैला
तातोखबर, १८ माघ / नेपाल उद्योग बाणिज्य महासंघले व्यापारी अरुण चौधरीलाई प्रहरीले प्रक्राउ गरेकामा आपत्ति जनाएको छ ।
महासंघले बिहीबार पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको मुखमा चौधरीलाई पक्राउ गरिनुले नेपालमा लगानीको वातावरण छैन भन्ने नकारात्मक सन्देश गएको टिप्पणी गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा जालसाँजी गरी आफ्नो नाममा नामसारी गरेको आरोपमा चौधरीलाई बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको थियो ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले आकस्मिक पत्रकार सम्मेलन गरी पूर्वसूचनाबिनै हठात चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । मुलुक आर्थिक समस्याबाट गुज्रिएका बेला उद्यमी व्यवसायीमाथि धरकपड गरेर सरकारले गलत गरेको ठहर महासंघको छ ।
विज्ञप्तिमा बाँसबारी जग्गा प्रकरणको छानबिन निस्कर्षमा नपुगेसम्म चौधरीलाई नपक्रन पटकपटक आग्रह गर्दै आएको उल्लेख छ ।
पहिला पक्राउ गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृष्यबाट पहिल्यै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको भन्दै महासंघले पहिला सत्यतथ्य पत्ता लगाएर मात्र कानूनी कारबाही अघि बढाउन महासंघले सरकारको ध्यानकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

