यु-१९ विश्वकपः नेपालले बंगलादेशलाई दियो १७० को लक्ष्य
दक्षिण अफ्रिकामा भइरहेको यु-१९ विश्वकप क्रिकेटमा आज भइरहेको सुपर सिक्स अन्तर्गतको चौथो खेलमा बंगलादेशलाई नेपालले १७० रनको लक्ष्य दिएको छ । ४९औँ ओभरमा सबै विकेट गुमाउँदै नेपालले बंगलादेशलाई उक्त लक्ष्य दिएको हो ।
उक्त खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । नेपालका लागि बिशाल बिक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए । आज भएको खेलको पहिलो इनिङमा नेपालको तर्फबाट एउटा मात्रै छक्का प्रहार भएको थियो जुन दुर्गेश गुप्ताले प्रहार गरेका थिए । जम्मा ११ वटा चौका प्रहार भएको आजको खेलमा अतिरिक्त ३१ रन सहित जम्मा १६९ रन जोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

