जलनकाे प्राथमिक उपचारसम्बन्धी तालिम

हेटौंडा – मकवानपुरमा रहेका एम्बुलेन्स चालकहरुलाइ जलनको प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम संचालन  गरिएको छ । रोट्र्याक्ट क्लब अफ मकवानपुरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौको प्राबिधिक सहयोगमा तालिम संचालन गरिएको हो ।
रोटरी क्लब अफ मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स इकाई कमिटी, हेटौंडा मकवानपुरको सहयोगमा भएको तालिममा १५ जना एम्बुलेन्स चालकहरुको  उपस्थिति रहेको थियो ।
कार्यक्रममा किर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेजर हेमन्त ध्वज जोशी र नेशनल फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठले तालिमको सहजीकरण गरेका थिए । उनीहरूले आगोले पोल्ने समस्या बारे रोकथाम, आगोले पोलेमा गरिने प्राथमिक उपचार र बच्ने उपाय  बारे प्रशिक्षण दिएका थिए ।
पोलेका घाउको समस्या हुँदा  धेरै महँगो उपचार, लामो समय अस्पतालमा भर्ना भएर बस्नु पर्ने, ज्यान समेत जान सक्ने र मृत्यु भएन भने पनि अंगभंग र कुरुप हुने जस्ता समस्या हुने उनले बताए ।
प्रत्येक वर्ष जलनको बिरामी बढ्दै गएको र  नेपालमा आगोले  पोलेको समस्याको  ५६ हजार बिरामी रहेको  र २ हजार २ सयको मृत्युनै हुने गरेको डाक्टर जोशीले बताए ।
रोट्र्याक्ट क्लब मकवानपुरका अध्यक्ष राजन कटुवालको सभाअध्यक्षतामा भएको कार्यक्रममा किर्तिपुर अस्पतालका सिनियर कार्यक्रम म्यानेजर हेमन्त ध्वज जोशी, नेशनल फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका सचिब मनोज ढोडारी, रोटरी क्लब अफ मकवानपुरका कोषाध्यक्ष पवन तिमल्सिना, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एम्बुलेन्स इकाई कमिटी हेटौंडाका अध्यक्ष जनार्दन नेपाल, रोट्र्याक्ट क्लब मकवानपुरका निवर्तमान अध्यक्ष प्रदिप कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :