हेटौंडाको पुतलीबजारमा यात्रुवाहक बस दुर्घटना

तातोखबर, हेटौंडा / हेटौंडा-६, पुतलीबजारमा यात्रुवाहक बस दुर्घटना भएको छ । आज बुधबार बिहान ९ बजे फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना३ ख ५३०३ नम्बरको यात्रुवाहक बस पुतलीबजारमा पल्टिएर दुर्घटना भएको हो ।
विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिने क्रममा धरानचतरा सडकखण्ड अन्तर्गत पुतलीबजार पुल नजिकको साघुरो बाटोको कारण बस दुर्घटना भएको प्रहरीले बताइएको छ । बसमा १५ जना यात्रु रहेका थिए । दुर्घटनामा यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस