१५ लाख घुससहित बनेपा-९ का वडाध्यक्ष पक्राउ

तातोखबर, बनेपा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ।
घर बाटो सिफारिस गर्ने बहानामा १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश बादेलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई बुधबार बेलुकी भक्तपुरको मध्यपुर थिमी– ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।
सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेसँगै आएका कारचालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको छ। उनको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन र १०० अमेरिकी डलर समेत बरामद भएको आयोगले बताएको छ। कारसहित प्रधानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस