सरकार अन्तरधार्मिक आयोग गठनका लागि सकारात्मक रहेको मन्त्री किरातीको आवश्वासन

काठमाडौ, २७ पौष / संघीय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग छलफलल गरेको छ । बिहिबार सिंहदरवार स्थित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधि मण्डलसँग पर्यटन मन्त्री किराँतीबीच छलफल भएको हो ।

नेपालको संविधानको भावनाको कदर गर्दै “अन्तरधार्मिक आयोग“ गठन गर्न मन्त्री किरातीसँग प्रतिनिधि मण्डलका सदस्यहरुले एक स्वरमा माग गरे । मन्त्री किरातीले आफु देशका सबै धर्म संस्कृतिको हकहितको पक्षमा रहेको बताउदै मन्त्रालयले अन्तरधार्मिक अगुवाहरुसँग निरन्तर छलफल गर्ने तथा अन्तरधार्मिक आयोग गठनमा सकारात्मक रहेको बताउदै प्रतिनिधिमण्डललाइ प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ लाई भेटी आफ्ना कुरा राख्न सुझाब दिए ।

Advertisement:

मन्त्री किरातीले विविधता नेपालको सम्पति र सुन्दरता रहेको भन्दै मध्य पहाडी क्षेत्रमा बहुसांस्कृतिक महारेखाको अबधारणा अघि सार्ने र निकट भविष्यमा मन्त्रालयले सांस्कृतिक सम्लेलन गर्ने जानकारी दिए । छलफलमा संघीय सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य एकनाथ ढकालले धार्मिक क्षेत्रले शान्ति, सदभाव र भातृत्वको अभिबृद्धि गर्नु पर्ने बताए । अन्तरधार्मिक आयोगको अपरिहार्यतामाथि ब्यापक छलफल भएको सांसद ढकालले जानकारी दिएका छन् ।

छलफलमा धार्मिक अगुवाहरु भिक्षु धर्ममुर्ति, इशाई अगुवा डा. केबी रोकाय, डा. महेन्द्र भट्टराई, मुस्लिम महिला अधिकारकर्मी सीमा खान, हिन्दु पण्डित केशव प्रसाद चौलागाई, प्राध्यापक स्वामी आनन्द बिनोद, जैन गुरु नमन उपाध्याय, किरात धर्म गुरु दङ्ग धोज खोयाहांग, बहाई गुरु डा. नरेन्द्र पाण्डे, डा. पियारत्न मर्हजन, युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, विश्व शान्ति तथा एकीकृत परिवार महासंघका मनोज सुर्खेती लगाएत विभिन्न आठ धार्मिक समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :