क्रोएसिया पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौँ – क्रोएसिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–२ घर भएर काठमाडौँ बस्ने दीपेन्द्र राई छन् ।

३२ वर्षीय दीपेन्द्र राईले क्रोएसिया पठाउँछु भनेर जयराम भण्डारीसँग ५ लाख लिएपछि सम्पर्कविहीन भएका हुन् ।  उनले पीडितहरूलाई क्रोएसिया जान ११ लाख लाग्छ भनेर प्रलोभनमा पारेर रकम ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।

Advertisement:

आरोपीलाई कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस् :