ठाेरी तर्फ लैजाँदै गरेको १६८ किलो गाँजासहित दुई पक्राउ

तातोखबर, काठमाडौँ / पर्साको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट सशस्त्र प्रहरीले करिब १६८ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धादिङको बेनीघाट बस्ने अन्दाजी २० वर्षीय समिर तामाङ र मकवानपुरको राक्सिराङका २२ वर्षीय राजु लामा रहेका छन् ।
पर्साको वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बा ११ च ९६८६ नम्बरको बोलेरो पिकअप गाडीमा फल्स वटम बनाई १६ वटा पोकामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनीहरूलाई प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरले नियन्त्रणमा लिएको हो ।
उनीहरू उक्त गाडीका चालक तथा सहचालक हुन् । उनीहरूको साथबाट ७८ हजार ५०० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद भएको छ ।
नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस