मारवाडी युवा मञ्च हेटौंडाद्वारा कम्प्युटर सहयोग
हेटौंडा । मारवाडी युवा मञ्च हेटौंडाले हेटौंडा–१४ मा रहेको दीपज्योति आधारभूत विद्यालयमा कम्प्युटर सहयोग गरेको छ ।
बुधबार विद्यालयमा एक कार्यक्रमकाबीच मञ्चका अध्यक्ष सशांकराज चनानीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण थिङलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
विद्यालयका विद्यार्थीको कम्प्युटर अध्ययनका लागि सहज होस् भन्ने हिसाबले मञ्चले कम्प्युटर सहयोग गरिएको मञ्चका सचिव सुशान्तराज चनानीले जानकारी दिए । कम्युप्टर हस्तान्तरण कार्यक्रममा हेटौंडा–१४ का अध्यक्ष श्यामकुमार भ्लोनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिशिर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोज तामाङलगायत विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । मञ्चका उपाध्यक्ष रामकुमार अग्रवालले कार्यक्रम संयोजन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

