रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ठगी, बुढाथोकी पक्राउ
काठमाडौं – रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। दोलखा घर भई काठमाडौं महानगरपालिका २४ बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो असनबाट पक्राउ गरेको हो।अपराध अनुसन्धान कार्यालयको प्रवक्ता सुचना अधिकारी रविन्द्र रेग्मीका अनुसार उनी विरूद्ध मिलन नेपाली सहित १४ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
उनीहरूलाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ती ६ लाखसम्म लिएको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए। पक्राउ गरेको बुढाथोकीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

