राष्ट्रिय कलाकारको प्रस्तुतिमा दर्शकको भीड

हेटौंडा – हेटौंडाको टिसिएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय कलाकारको प्रश्तुतीमा दर्शकको भीड लागेको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रश्तुती भैरहेको छ । अन्य दिनको तुलनामा ल्होछारको दिन आइतबार महोत्सवमा सर्वसाधारणको भीड लागेको थियो । महोत्सवमै भैरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दर्शकको घुइँचो थियो ।
मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा महिला भलिबल भैरहेको हो । आइतबार चर्चित गायिका राधिका हमालले झ्याझलो झोर्ले है, ढल्क्यो जवानी, क्याम्पस पढ्न आउनी लगायतका चर्चित लोकगीत प्रश्तुत गरेको थिइन् । उनको प्रश्तुतीमा सहभागीहरु धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । युवामाझ चर्चित गायक कमल खत्रीले पनि आफ्ना लोकप्रिय गीतहरु गाएक थिए । उनले आत्मामा, सधैंभरी यसैगरी, जाउला रेलैमा, म गीत हुँ लगायतका गीत प्रश्तुत गर्दै युवाहरुको मन जितेका थिए । सोमबार अर्का चर्चित गायक उर्गेन दोङले आफ्ना चर्चित गीतहरु प्रश्तुत गरेका थिए । उनीहरुसंगै एन्जिला रेग्मीर द शिल ब्यान्डको प्रश्तुती रहेको थियो । बिदाको दिन भएकोले अन्य दिनको तुलनामा राष्ट्रिय कलाकारको प्रश्तुतीको समयमा दर्शकको घुइँचो लागेको महोत्सव आयोजक समितिका संयोजक भेष खड्कीले जानकारी दिए ।
महोत्सवमा सोमबार गायिका प्रीति आले, छेवाङ लामा, रमेश श्रेष्ठ मेलोडी, आयुष अधिकारी र देव राना र उनको ब्यान्डको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ । मकवानपुरको खेल क्षेत्रको विकासको उदेश्यसहित जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा महोत्सवको आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस