पर्यटन प्रबर्द्धनका लागि हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने
हेटौंडा – थाहा नगरको पर्यटन प्रबर्द्धनका लागि हेटौडामा फोटो प्रदर्शनी हुने भएको छ ।
थाहा नगरपालिकाको आयोजनामा पौष २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी हुने थाहा नगरपालिकाले जनाएको छ ।
थाहा नगरका करिब एक दर्जन फोटोग्राफरहरुले खिचेका थाहा नगरको पर्यटन नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, सस्कृति र जीवनशैली समेटिएका करिब ६० ओटा फोटोहरुको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादब जंग रायमाझीले बताए ।
हेटौडा उपमहागरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, मकवानपुर फोटो पत्रकार संघको सहकार्यमा फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोच र शिखर क्लबले गर्नेछन् ।
पर्यटनको प्रसस्तै सम्भाबना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले थाहा नगर लगायत आसपासको क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताए ।
बागमति प्रदेशको राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक रायमाझीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

