रबि तेजाको ‘मिस्टर बच्चन’को फर्स्टलुक सार्वजनिक

दक्षिण भारतीय अभिनेता रबि तेजाले आफ्नो आगामी फिल्म ‘मिस्टर बच्चन – नाम तो सुना होगा’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा उनी सन् १९७०/८० को समयका अमिताभ बच्चनको जस्तै हुलियामा देखिन्छन् । उक्त चलचित्रको नाम अभिनेता रबि तेजाले एकदमै मन पराउने बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको नामबाट राखिएको छ ।
हरिश शंकरले निर्देशन गर्ने उक्त चलचित्रमा रबि तेजासँगै अभिनेत्री भाग्यश्री बोर्से प्रमुख भूमिकामा देखिनेछिन् । उक्त चलचित्र सन २०२४ मा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस