स्वास्थ्यमा समस्या आएपछि प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना भएका छन । मङ्सिर २८ गते बिहीबारदेखी उनी अस्पताल भर्ना भएका हुन ।
मङ्सिर २३ गतेदेखी २७ गते सम्म हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिलमा उपचारार्थ भर्ना भई डिस्चार्ज भएकोमा स्वास्थ्यमा पुनः समस्या देखिएपछी पुनः अस्पतालतमा उपचारार्थ भर्ना भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।
यसअघि स्वास्थ्य परिक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको थियो । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

